दसैंका बेला सुनको मूल्यले उचाइ लिँदै

डिसी नेपाल
१७ असोज २०७८ १२:३०
292
Shares

काठमाडौं। दसैं नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर ८९ हजार आाठ सय रुपैयाँ कायम भएको हो।

छापावाल सुन प्रति १० ग्राम ७६ हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ७६ हजार ६ सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार एक हजार एक सय ४० रुपैयाँ कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.