कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

डिसी नेपाल
१७ असोज २०७८ १६:५१
32
Shares

काठमाडौँ । कोरोना सङ्क्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ । डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.