एमाले विधान महाधिवेशन: राजनीतिक र सांगठनिक प्रस्ताव पारित

डिसी नेपाल
१७ असोज २०७८ १७:३०
44
Shares

काठमाडौं । एमालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो ।

यस्तै महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रस्तावलाई पनि महाधिवेशनले संशोधनसहित पारित गरेको छ । यसैगरी, विधान महाधिवेशनले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तव पनि पारित गरेको छ ।

महाधिवेशनमा भएका भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा छलफल भएका थिए । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित नेताले जवाफ दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.