अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि कार्यकर्ताको प्रदर्शन
काठमाडौं । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि जनता समाजवादी पार्टीका कार्यकर्ता सडकमा आएका छन्। ।
साइकलमा भ्रष्टाचार भएको आशंकामा अख्तियारको टोलीले छापा मारेपछि जसपाले वीरगन्जमा प्रदर्शन गरिएको छ। ‘बेटी बचाऊ, बेटी पढाउ’ अभियान अन्तर्गत कक्षा ८ मा पढ्ने किशोरीहरुलाई विधालय जान प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको साइकल खरिदमै व्यापक अनियमितता देखिएपछि उक्त भ्रष्टाचारलाई दबाउन मुख्यमन्त्रीको समर्थनमा वीरगन्जमा दुई दिनदेखि जसपका नेता कार्यकर्ताहरुले अख्तियारको विरोधमा प्रदर्शन गरेका छन्।
प्रदेश नं. २ सरकारले गत भदौ १५ गते प्रदेश सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको सुरूआत गरियो। प्रदेश सरकारले आफ्नो बजेटबाट ठूलो राशी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानकै लागि छुट्याएको छ।







डिसी नेपाल







Facebook Comment