मड्रिडको अपराजित यात्रामा पूर्णविराम

डिसी नेपाल
१८ असोज २०७८ ६:३६
124
Shares

काठमाडौं। शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा आइतबार स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो।

१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे।

७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन। ला लिगाको पछिल्लो खेलमा रियाल मड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो।

रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ। आइतबार राति नै भएको ला लिगाको अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १-०, भिल्लारियलले रियल बेटिसलाई २-०, इन्चेले सेल्टा भिगोलाई १-० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १:१ गोलको बराबरी खेले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *