आईपीएल : कोलकाताले हैदरावादलाई ६ विकेटले हरायो

डिसी नेपाल
१८ असोज २०७८ ७:२२
68
Shares

काठमाडौं। १४औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ।

दुबई इन्टरनेशनल स्टेडियममा ११६ रनको लक्ष्य पाएको कोलकाताले २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ११९ रन बनाउँदै सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे। जितसँगै कोलकाताले प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ।

कोलकाताका लागि शुभमन गिलले १० चौकासहित सर्वाधिक ५७ रन बनाए। उनी म्यान अफ द म्याच घोषित भए। नितिश रानाले २५ रन र दिनेश कार्तिकले १८ रन जोडे। बलिङतर्फ हैदरावादका जसन होल्डरले २ विकेट, सिद्धार्थ कौल र रसिद खानले १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रनमा समेटियो । हैदरावादका लागि केन विलम्सनले सर्वाधिक २६ रन बनाए । अब्दुल समदले २५, प्रियाम गर्गले २१ रन जोडे। बलिङतर्फ कोलकाताका बरुण चक्रवर्ती, टिम साउथी र शिभम माभीले २/२ विकेट लिए ।

१३ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेको कोलकाता अंक तालिकामा चौथो स्थानमा छ । अब कोलकाताले एउटा खेल खेल्न बाँकी छ ।

हैदरावाद भने प्लेअफको दौडबाट बाहिरिएको छ। चेन्नई, दिल्ली र बेंगलोर भने प्लेअफमा प्रवेश गरिसकेका छन् । अब कोलकाता, पञ्जाब र राजस्थानमध्ये एकमात्र टिम प्ले अफमा जानेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *