एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला राष्ट्रिय सभा गृहमा

डिसी नेपाल
१८ असोज २०७८ १०:५२
80
Shares

काठमाडौं। नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ। पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आज बिहानदेखि सुरु भएको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए।

भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको उनले जानकारी दिए। एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने दाहालले जानकारी दिए।

भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन्।

उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको मौका छोपेर भेला बोलाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.