पूर्व फिफा रेफ्री खत्रीको निधन

डिसी नेपाल
१८ असोज २०७८ ११:२३
236
Shares

काठमाडौं। पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ। ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ।

पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन्। नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *