चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य
काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको हो।
चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए। यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए। भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
यस्तै, कुशल मल्ल २ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १-१ विकेट लिए। चितवन क्वालिफायर भइसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment