पोखरालाई काठमाडौंको १८३ रनको लक्ष्य

डिसी नेपाल
१८ असोज २०७८ १५:५७
72
Shares

काठमाडौं । काठमाडौं किंग्स- ११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजलाई १८३ को लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको हो ।

काठमाडौंको सम्मानजनक योगफलमा अमित श्रेष्ठ र रायन बर्लले अर्धशतकीय इनिङ्स खेले । अमितले सर्वाधिक ५६ रन बनाए । ४१ बल खेलेका अमितले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै रायनले ५० रन बनाए । ४३ बल खेलको रायनले २ चौका र ३ छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले ३१ र रहमानुल्लाह गुर्बाजले १२ रन बनाए ।

टस जितेर बलिङ गर्ने गरेको पोखराका लागि विवेक यादवले सर्वाधिक ३ विकेट लिए । यस्तै विक्रम सोब, नन्दन यादव, किशोर महतो र साहन अराच्चिगले समान १-१ विकेट लिए ।

आजै भएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राएनोज पनि प्लेअफमा पुगिसकेका छन् । अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *