साफ च्याम्पियनसिपः भारत र बंगलादेशले अंक बाँडे

डिसी नेपाल
१८ असोज २०७८ १९:२६
524
Shares

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग रोकिएको छ ।

आइतबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १-१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले २६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७४ मिनेटमा बंगलादेशका यासिन अराफ्तले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको ५४ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित भएको थियो । बंगलादेशका विश्वनाथ घोसले सिधै रातो कार्ड बेहोरे । भारतका लिस्टन कोलाकोलाई ट्याकल गरेपछि रेफ्री अल सम्रानी मदिज मोहम्मदले घोसलाई सिधै रातो कार्ड देखाए ।

खेलसँगै बंगलादेशले दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भारत एक खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ ।

एक खेलमा १ जितसहित नेपाल दोस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै छ । खेल राति पौने १० बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *