रुसको हाइपरसोनिक मिसाइलको सफल परीक्षण, अमेरिकी मिसाइलभन्दा दोब्बर छिटो
काठमाडौं। रुसले जिरकोन हाइपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । रुसले पनडुब्बीबाट जिरकोन हाइपरसोनिक मिसाइलको सफल गरीक्षण गरेको यो पहिलो पटक हो । राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यो मिसाइल लन्चको प्रशंशा गरेका छन् । उनले यसलाई नयाँ पुस्ताको हतियारको रुपमा महत्वपूर्ण भनेका छन् ।
यो मिसाइलको यसअघि पनि जलसेनाको युद्धपोतबाट कैयौं पटक परीक्षण गरिएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यो मिसाइल आवाजको गतिभन्दा ९ गुण छिटो उड्न सक्छ । यो अमेरिकाले केही दिनअघि सफल परीक्षण गरेको हाइपरसोनिक मिसाइलको गतिभन्दा झण्डै दोब्बर हो । अमेरिकाको मिसाइलको गति आवाजको गतिभन्दा ५ गुणा बढी छ ।
यो मिसाइललाई रुसको नौसेनामा सामेल गर्ने तयारी सुरु भइसकेको छ । रिपोर्टका अनुसार यो वर्ष २०२१ को अन्त्यसम्म यो मिसाइलका सबै परीक्षण पूरा हुनेछन् । २०२२ सम्म यो मिसाइललाई रुसको नौसेनामा सामेल गराइनेछ । पछिल्लो समय विकसित देशहरु हाइपरसोनिक मिसाइलको परीक्षणमा केन्द्रित छन् । केही दिनअघि मात्रै अमेरिकाले एयर ब्रिदिङ हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको थियो ।
अमेरिकाको मिसाइल आवाजको गतिभन्दा पाँच गुणा बढी अर्थात ६ हजार २ सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । अमेरिकाले यो सफल परीक्षणपनि आफू २०१३ देखि नै यो मिसाइलको सफल परीक्षण गर्ने प्रयासमा रहेको बताएको थियो । अमेरिकी मिसाइललाई राडारले पनि भेट्टाउन नसक्ने र २७०० मिलोमिटर टाढासम्म हान्न सक्ने बताइएको थियो । रुसले पनि गएको जुलाइमा जिरकोन मिसाइल परीक्षण गरेको थियो र यसलाई राष्ट्रपति पुटिनको महत्वपूर्ण परियोजना भनिएको थियो ।







डिसी नेपाल







Facebook Comment