हिजो नेपाल–भारत सीमामा यसरी भिडमाथि दौडाइएको थियो गाडी, सार्वजनिक भयो भिडियो

डिसी नेपाल
१९ असोज २०७८ ११:०२
4.5k
Shares

काठमाडौं। हिजो नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टिकापुरको पारिपट्टि भारतीय क्षेत्रमा भएको भीषण हिंसापछि भारतमा राजनैतिक भिडन्त सुरु भएको छ । कांग्रेस, आम आदमी पार्टी, समाजवादी पार्टी समेत सबै विपक्षी दलहरु केन्द्रीय मन्त्री अजय मिश्रा, उनका छोरा आशिष पुरी र उत्तर प्रदेश सरकारमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । यही बीच कांग्रेसले ट्वीटरमा एक भिडियो शेयर गर्दै हिजोको घटनाको भिडियो भएको बताएको छ । कांग्रेसका साथै आम आदमी पार्टीका सांसद संजय सिंह र अन्य कैयौं नेताहरुले पनि यो भिडियो शेयर गरेका छन् ।

सामाजिक संजालमा सार्वजनिक भएको यो भिडियोमा गाडी मानिसहरुलाई किच्दै दौडिएको देख्न सकिन्छ । सबै विपक्षी दलहरुले यो भिडियो लखीमपुर खिरीको घटना भएको बताएका छन् । हिजो लखीमपुर खिरीमा भएको घटनामा पनि किसानहरुले मन्त्री संजय मिश्राका छोरा आशीषले किसानहरुमाथि गाडी चढाएको बताएका थिए । यही आरोपमा आधारमा आशीष मिश्रामाथि तिकुनिया थानामा एफआइआर पनि दर्ता गराइएको छ ।

ट्वीटरमा शेयर गरिएको भिडियोमा गाडी कसले चलाइरहेको छ भन्ने देखिएको छैन तर गाडी एक जना पगडी लगाएका मानिसमाथि चढेको र अन्य कैयौं मानिसहरुलाई ठक्कर दिँदै अगाडि गएको देखिन्छ । घटनास्थलमा ठूलो संख्यामा मानिसहरु देखिन्छन् । आइतबार लखीमपुर खिरीमा भएको घटनामा ४ किसानसमेत ८ जनाको ज्यान गएको थियो । घटनापटि विपक्षी दलका नेताहरु घटनास्थल जान खोजेको भए पनि पुलिसले जान दिएको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *