आज सुनको मूल्य तोलामा पाँच सयले बृद्धि

डिसी नेपाल
१९ असोज २०७८ १३:३२
80
Shares

काठमाडौं। नेपाली बजारमा आज मंलगबार सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० मा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार,छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० ले कारोवार भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.