कोरोना खोप लगाउन नमानेपछि कम्पनीले १४०० कर्मचारीलाई जागिरबाट निकालिदियो

डिसी नेपाल
१९ असोज २०७८ १७:१६
1.4k
Shares

काठमाडौं। कोरोना महामारीलाई पराजित गर्नको लागि खोप नै सबैभन्दा प्रभावकारी हतियार भएको डाक्टरहरुले बताउँदै आएका छन् । विश्वका धेरै देशहरुमा कोरोना खोप अभियान चलिरहेको छ । तर,अझै पनि केही मानिसहरु यस्ता छन् जसलाई कुनै न कुनै कारणले खोपमाथि शंका छ वा उनीहरु कुनै कारण देखाएर खोप लगाउन चाहँदैनन् । अमेरिकामा यस्तै एउटा घटना सार्वजनिक भएको छ । कर्मचारीहरुले खोप लगाउन नमानेपछि कम्पनीले आफ्ना १४०० कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार घटना अमेरिकाको न्यूयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थको हो । नर्थवेल हेल्थले आफना १४०० कर्मचारीलाई जागिरबाट निकालिदिएको छ । यी कर्मचारीले कोरोना खोप लगाउन अस्वीकार गरेका थिए । हेल्थकेयरका प्रवक्ता जो केंपले यो कुरा सार्वजनिक गरेका हुन् । न्यूयोर्कको नर्थवेल हेल्थमा करिब ७६ हजार कर्मचारीले काम गर्छन् । यीमध्ये १४०० जनालाई बर्खास्त गरिएको हो । यीबाहेक अरु सबै कर्मचारीले खोप लगाइसकेका छन् ।

न्यूयोर्कमा अहिले स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारहिरुलाई कोरोनाको खोप लगाउन अनिवार्य बनाइएको छ । गत हप्ता मात्रै यहाँ खोप अनिवार्य गरिएको हो । क्यालिफोर्नियासहित अन्य केही राज्यमा पनि यस्ता नियम बनाइएका छन् । तर, नर्थवेलका यी कर्मचारीहरुले खोप नलगाउने घोषणा गरे जसको बदलामा उनीहरुले जागिर गुमाउनु परेको छ । नर्थवेलले आफ्ना क्लिनिकल र नन क्लिनिकल सबै स्टाफलाई कोरोना खोप जरुरी गराएको थियो । प्रवक्ता केम्पले भनेका छन् ‘हाम्रो लक्ष्य कर्मचारीलाई निकाल्नु थिएन, सबै कर्मचारीलाई खोप लगाउनु थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *