तीन जना श्रीमती भित्र्याउने वडाध्यक्ष एमालेमा प्रवेश

डिसी नेपाल
१९ असोज २०७८ १७:२२
1.4k
Shares

काठमाडौं। एक जना जनप्रतिनिधिले अर्काको श्रीमती भगाएका छन् । यो सहित उनको तेस्रो विवाह हो । प्रसंग रहेको छ सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइका । उनले गाउँकै गौरी बोहरालाई भगाएका छन् । यसअघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीनवटी श्रीमती बनाएका हुन् ।

उमेरले इन्द्र ५२ वर्ष र गौरी ४६ बर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची छन् ।

गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनै कुमाइ  नेकपा एमाले प्रवेश गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.