धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त
काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।
सरकारले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई अर्थमन्त्रालयले यसअघि नै निलम्बन गरेका थियो । उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएपछि उनले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment