आईपीओ निष्कासन प्रस्तावसहित हिमालयन रिइन्स्युरेन्सले डाक्यो एजीएम

डिसी नेपाल
२० असोज २०७८ १०:४८
36
Shares

काठमाडौं। हिमालयन रिइन्स्युरेन्सले १२ कात्तिकमा पहिलो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। कम्पनीको सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे आयोजना हुनेछ।

सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ। हिमालयन रिइन्स्युरेन्स औपचारिक रूपमा सञ्चालनमा आउनै बाँकी भए पनि आईपीओ जारी गर्ने प्रस्ताव अघि सारिएको हो।

यस्तै, चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ। सभामा आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्नेलगायतको एजेन्डा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.