सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

डिसी नेपाल
२० असोज २०७८ ११:५१
120
Shares

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

अघिल्लो वर्ष यसले ५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव २६ प्रतिशत गरी कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सो लाभांश सेयरधनीलाई वितरण हुनेछ।

बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ। बैंकको १० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पूँजी तीन अर्ब एक करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.