जसपमा मन्त्री छान्न सकस, केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

डिसी नेपाल
२० असोज २०७८ १२:४५
160
Shares

काठमाडौं। मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपा सांसद प्रमोद साहले बताए। बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको उनले जानकारी दिए।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, डा. बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो।

जसपाले उपसभामुखसहित चार वटा मन्त्रालय पाउने भएको छ। मन्त्रालयको संख्या थोरै र मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि जसपालाई मन्त्री टुंगो लगाउन सकस भएका छ । सत्तारुढ दलहरूले आजै मन्त्रीको टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सपथ गराउने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.