घटस्थापनाको बिदाले आज सेयर बजार बन्द
काठमाडौं । बिहीबार सेयर बजार बन्द हुने भएको छ। आज सरकारले नेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ। त्यसैले, आज नेप्सेकाे कार्यायल बन्द भएको हो।
अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ। बुधबार नेप्से सूचक ६८ दशमलव ४७ अंकले बढेर २६ सय ८१ दशमलव १० बिन्दुमा पुगेर रोकिएको छ। कुल चार अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment