लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

डिसी नेपाल
२१ असोज २०७८ ११:५०
8
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा (एजीएम) बोलाएको छ। बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारणसभा बोलाएको हो।

कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सहभागी हुने सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था बैंकले गरेको जनाएको छ।

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ ।

गत आर्थिक वर्षको कमाईबाट बैंकले लाभांश खुवाउन लागेको हो । सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्रप्ति गर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.