यस्तै परे क्याविनेटले आज पूर्णता पाउँछ : प्रचण्ड

डिसी नेपाल
२१ असोज २०७८ १२:१५
88
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। बिहीबार टिभी पंचली ऐट केको उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताए। ‘उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला। पूर्णता पाउँछ,’ उनले भने।

आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए। ‘संविधानमा ३३ प्रतिशत छ। हामी ३५ पुर्‍याउनेमा छौं,’ उनले भने।

दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए। मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो। दाहालले सामाजिक रुपान्तरणका लागि जनमत ठूलो कुरा भएको भन्दै श्रमजीवी जनताको पक्षमा जनमत निर्माण गर्न सुझाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.