नेपाली जनताले राजतन्त्रकाे पक्षमा वकालत गर्न थालिसके : अध्यक्ष तामाङ
काठमाडौं। लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आइताराम तामाङले देश र जनताको हितको लागि पनि राजसंस्था आवश्यक रहेको बताएका छन्। आफ्नो पार्टीले राजसंस्था ल्याउनको लागि कार्यक्रमिक योजनासहित पाइला चालेको उनले बताए।
उनले वैदिक सनातनसहितको राजसंस्था आजको आवश्यकत्ता भएकोले पार्टीले सोहीअनुसार गतिविधि गरेको जिकिर गरे। बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उनले भने,‘आजको परिवेशले पनि नेपालमा राजसंस्थाको आवश्यकत्ता महशुस गरेको छ। देश अहिले अभिभावकविहीन भएको छ। त्यसैले हामीले अभिभावकीय संस्थाको रुपमा राजसंस्था आवश्यक छ भनेका छौं। यसको लागि हामीले आफ्नो तर्फबाट सक्दो पहल र प्रयत्न गरिरहेका छौं।’
उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देश कुनैपनि हालतमा उँभो नलाग्ने जिकिर गरे। उनले भने, ‘गणतन्त्रबाट देश उँभो लाग्दैन। यो व्यवस्था रहिरह्यो भने नेपालीहरुको भाग्य र भविष्य अझै अन्धकार हुने भकोले हामीले गणन्त्रलाई विदाई गर्न अब ढिलाई गर्नुहुँदैन्।’ उनले राजा देशको अभिभावक हुने भएकोले जतिसक्दो चाँडो राजसंस्था पूनःस्थापना गरिनुपर्ने पनि बताए।
उनले नेपालजस्तो देशमा संघीयता लादिनु देश र जनताकै लागि दुर्भाग्य भएको पनि टिप्पणी गरे। संघीयताले देशको अर्थतन्त्रलाई ध्वस्त बनाएको र सिंहदरबारमा भएको भ्रष्टाचार गाउँ गाउँमा पुगेको भन्दै तत्काल संघीयतालाई पनि खारेज गर्नुपर्ने उनको माग छ। उनले २०४७ सालको संविधानलाई पुनःस्थापना गरेर अघि बढ्नु नै देशको हितमा हुने विचार राखे।







डिसी नेपाल








Facebook Comment