कांग्रेसले चियापान नगर्ने, एमाले अन्योलमा
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष दशैँको अवसरमा चियापान नगर्ने निर्णय गरेको छ भने नेकपा एमालेमा पनि चियापान गर्ने/नगर्नेमा अन्योल कायम रहेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत यस वर्ष कोभिड १९ को कारणले चियापान कार्यक्रम नगर्ने जनाएका छन् । त्यस्तै एमाले कार्यालय सचिव शेरबहादुर तामाङले चियापान गर्ने भनिए पनि अझै मिति नतोकिएको बताए । ‘यस वर्ष चियापान गर्ने हाम्रो तयारी रहेको छ’, उनले भने, ‘तर, कहिले गर्ने भन्नेमा मिति तोकिसकेको छैन । चियापान भने निश्चित गर्छौं ।’
गत वर्ष कोरोना भाइरसका कारणले कुनै पनि दलले चियापान गरेका थिएनन् । कांग्रेसले २०३३ सालमा स्वर्गीय बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।
यस्तै, मनमोहन अधिकारीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएपछि नियमित चियापान गर्दै आइरहेको छ ।







डिसी नेपाल







Facebook Comment