भाडादर घटाउ र कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

डिसी नेपाल
२१ असोज २०७८ २१:०६
60
Shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेका हुन् । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ ।

सङ्गठनले दसैँ, तिहार र छठ जस्ता ठूला पर्वको मुखमा भइरहेको कालोबजारी नियन्त्रणका लागि अनुगमन गर्न र तत्काल संयन्त्र बनाई काम सुरु गर्न सरकारसमक्ष आग्रह गरेको छ । हालै सार्वजनिक यातायातमा वृद्धि गरेको ३५ प्रतिशत भाडादर वृद्धिले सर्वसाधारण अत्यन्तै मर्कामा परेको भन्दै उक्त भाडादर घटाउनुपर्ने माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.