राप्रपा बैतडीको अध्यक्ष भट्ट

डिसी नेपाल
२१ असोज २०७८ २१:५४
36
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट इन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

पैँसठ्ठी सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पद भने पछि तोकिने।छन् । राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साउद चयन भएका छन् । यसैगरी बैतडीका १० स्थानीय तहमा पनि राप्रपाले सङ्गठन विस्तार गरेको जनाएको छ ।

यस्तै राप्रपा विद्यार्थी सङ्गठन पनि गठन गरिएको छ । रोहित चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठन पनि गठन गरिएको छ । प्रकाशचन्द्र भट्टको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष भट्टले राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्गठनलाई बलियो बनाउन आफूले सङ्गठन विस्तारमा जोड दिने बताए। अधिवेशनमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर विष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.