कांग्रेसबाट मन्त्री बन्नेकाे टुङ्गाे लाग्याे, देउवाले सूचना तथा संचार आफूले राख्दै कानून पाैडेललाई दिए

डिसी नेपाल
२२ असोज २०७८ ९:२०
512
Shares

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ। प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन्।

कांग्रेसका एक नेताका अनुसार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन्। देउवाले पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी गरेका छन्। देउवाले अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी गरेको ति नेताले जानकारी दिए। कांग्रेसको भागमा परेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र पुष्पा भुषालमध्ये एक जनालाई पठाउने तयारी छ।

दुवै जना सभापति देउवानिकट हुन्। पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ। चौधरीलाइए युवा तथा खेलकूद मन्त्री बनाउने तयारीमा देउवा छन्। देउवाले झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्।

गठबन्धनबाट देउवा गत २९ असारमा प्रधानमन्त्री बनेका थिए। देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री बनाइसकेका छन्।

देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनाइसकेका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार र शपथ गराउने तयारी थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.