प्रियंका गान्धी भन्छिन्–गृहराज्यमन्त्रीका छोराले किसानको नरसंहार गरे

डिसी नेपाल
२२ असोज २०७८ १०:०५
292
Shares

नयाँ दिल्ली। भारतको प्रमुख विपक्षी कंग्रेस पार्टीकी नेतृ प्रियंका गान्धीले केन्द्रीय गृहराज्यमन्त्रीले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएकी छिन् । प्रियंकाले गृहराज्यमन्त्री अजय मिश्रले राजीनामा नदिएसम्म कंग्रेसले आन्दोलन नरोक्ने बताएकी हुन्।

‘मोदीको मन्त्रिमन्डलमा यस्ता मन्त्री छन् जसका छोराले गाडी हाँकेर ६ जना किसानको हत्या गरेका छन्। सरकारले त्यसको जिम्मेवारी लिने कि नलिने?’ उनले प्रश्न गरिन्।

आईतवार लखिमपुर खिरीमा गृहराज्यमन्त्री अजय मिश्रका छोराले किसानको प्रदर्शनमा गाडी चलाउँदा ६ किसानसहित ८ जनाको मृत्यु भएको थियो। मन्त्रीका छोराले नियतवस किसानको हत्या गरेको प्रदर्शनकारीले बताउँदै आएका छन्। तर, सो घटनामा आफ्नो छोराको संलग्नता नरहेको मन्त्रीले दाबी गर्दै आएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोमा मन्त्री पुत्रले किसानको भीडमा गाडी हाँकेको देखिन्छ। घटनाबारे राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ।

राज्य प्रहरीले सुरूमा राजनीतिक दलका नेतालाई पीडितका परिवारसँग भेट गर्न रोकेको थियो । भेट्न जाने तयारी गरेपछि सरकारले कंग्रेस नेतृ गान्धीलगायतलाई घन्टौं थुनेको थियो।

प्रहरी अधिकारीले आफूलाई जान रोकेपछि गान्धीले प्रहरीसँग झगडा गरेको भिडियो समेत भाइरल भएको थियो । उनलाई पक्राउ गरी ७० घन्टासम्म गेस्ट हाउसमा राखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *