सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२२ असोज २०७८ १०:३३
108
Shares

काठमाडौं। सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ। बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले तीन सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १२ दशमलव ९१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।

अब आइतबार नेप्सेमा सोही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ। बैंकले साधारणसभा प्रयोजनका लागि शुक्रबार बुक क्लोज गरेको छ। सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.