स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण

डिसी नेपाल
२२ असोज २०७८ २१:०८
88
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ सपथपछि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताएका छन् । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताए।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।

विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस (हाल हेटौँडा–१७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.