ऊर्जा मन्त्रीसँग एडिबी प्रतिनिधिमण्डलको भेटवार्ता

डिसी नेपाल
२२ असोज २०७८ २१:५३
12
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक(एडिबी)को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा एडिबीको अनुदान तथा ऋण सहयोगमा निर्माण भइरहेका विभिन्न आयोजनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

एडिबीका देशीय निर्देशक अर्नाउड काउकोजस्को नेतृत्वको प्रतिनिधिमण्डलले जलस्रोत र सिँचाइका विभिन्न तटबन्ध निर्माण, राजपुर सिँचाइ आयोजना र जलस्रोत ऐनका विषयमा चासो राखेको थियो । ती आयोजनाको खर्चका बारेमा चासो राख्दै देशीय निर्देशक अर्नाउडले कोभिडका बाबजुद पनि राम्रो काम भएको र अझै छिटो काम सकाउन आग्रह गरेको थियो ।

त्यसैगरी बाग्मती नदी सुधार परियोजनाको बाँध निर्माणसम्बन्धी विषयमा मूल कुरा उठाएको र जलस्रोत ऐन चाडो बनाउन पनि आग्रह गरेको थियो । बैंकको सहयोगका नै शिवपुरीमा प्राकृतिक जलाशय निर्माण भइरहेको छ । विदेशी निकायले सहयोग गर्ने आधारका लागि पनि सो ऐन आवश्यक भएको एडिबीको भनाइ थियो । ऐन निर्माणका लागि थप प्राविधिक सहयोग आवश्यक परेकामा आफूहरू सहयोग गर्न तयार गरेको प्रतिनिधिमण्डलले बताएको थियो । त्यसैगरी ऊर्जातर्फ ऊर्जा ऐन, प्रशारण लाइन निर्माण, ठूला जलाशय आयोजनाका विषयमा पनि एडिबीले चासो राखेको थियो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.