तराईको मरुभूमिकरण रोक्न चुरेको संरक्षण अपरिहार्यः वनमन्त्री यादव

डिसी नेपाल
२२ असोज २०७८ २३:०९
488
Shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमीकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताएका छन् ।

मन्त्रालयको शुक्रबार जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेको बताए ।वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री यादवले सरकारको साझा न्यूनतम कार्यक्रमअनुसार मन्त्रालयका नीति तथा योजना अघि बढाउने धारणा व्यक्त गरे । सोही कार्यक्रमअनुसार चुरे क्षेत्र उत्खनन गरी ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने कार्य रोक्ने उनको भनाइ थियो ।

जैविक विविधताविरुद्ध भइरहेका अनावश्यक गतिविधि नियन्त्रण गर्न सरोकारवाला सबै निकाय सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले जलवायुका क्षेत्रमा भइरहेका परिवर्तनले हुने क्षति रोक्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्तरूपमा कुरा उठाउनुपर्ने बताए ।

उनले वन तथा वतावरणका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने र यसका लागि कर्मचारीलाई थप प्रयत्न गर्न आग्रह गरे । साथै उनले मन्त्रालयका चुनौती र समस्याको समाधानका लागि आफूले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले मन्त्रीको कार्यकाल सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै विज्ञ कर्मचारी परिचालनका लागि नेतृत्वको प्रभावकारी भूमिकाको अपेक्षासमेत गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.