प्रधानन्यायाधीशकाे काेटामा मन्त्री बनेका हमालद्वारा राजीनामाकाे घोषणा

डिसी नेपाल
२४ असोज २०७८ ९:५५
140
Shares

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन्।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका छन्। हमालले त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेको बताए। ‘मैले राजीनामाको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु’ हमालले भने।

देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्नकै लागि आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको पनि हमालले बताए । तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा सो पार्टीको बाँके जिल्ला सभापति भएका हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।

जबराकै कोटामा उनलाई मन्त्री बनाइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री देउवा, प्रधानन्यायाशीश जबराको चर्को आलोचना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.