गण्डकी साक्षर प्रदेश घोषणा, देउवाले भने- प्रजातन्त्रको मास्ने सपना नदेखे हुन्छ
पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रकाे विकल्प अरु कुनै व्यवस्था नभएको बताएका छन्। ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आइतबार उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी हो। यसको विकल्प अरु हुन सक्दैन।’
नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचनामा भने उनले निर्वाचनले त्यसको परिणाम देखाउने बताए।
‘सबैले जनादेशको कुरा गरेका छन्। जनताको नाम सबैले लिन्छन्। जनताले को ठिक छ भनेर भोटमा देखाई हाल्छन् नि,’ उनले भने। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अझै पूर्ण रूपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ । विकास निर्माणका काम अगाडी बढाउनु छ। मलाई विश्वास छ, यो पूरा हुन्छ,’ उनले थपे।
उनले कोभिड नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको दाबी गरे। ‘अहिले नेपाल कोभिडको महामारीबाट अझैपनि कठिन समय बिताइरहेको छ ।
तर हाम्रो व्यवस्थापनप्रति खुसी भएर अन्तराष्ट्रिय जगतले, विशेषतः विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ,’ उनले भने, ‘नेपाल सरकारले पनि रातदिन काम गरिरहेको छ । नेपालले कन्ट्रोल गरेका कारण अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको हो । यो महत्वपूर्ण उपलब्धिको रूपमा हामीले लिएका छौं।’







डिसी नेपाल







Facebook Comment