मन्त्रीहरुलाई जनताको हितमा काम गर्न नेपालको निर्देशन

डिसी नेपाल
२४ असोज २०७८ १६:१२
24
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नवनियुक्त मन्त्रीहरुलाई जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।

नेता नेपालले इमानदारता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताएका हुन् । पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यकालमा बोलाएर उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडि नै सामूहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.