अमेरिकाको बाल्टिमोर काउण्टी र नर्थ क्यारोलिना सरकारबाट हिन्दू सम्पदा महिना घोषणा(घोषणा पत्रसहित)
वासिंगटन डिसी। नेपाली र हिन्दूहरुको बसाेबास भएका अमेरिकाका र विभिन्न राज्य र शहरले हिन्दूहरुका चाडबाडको महिनामा शुभकामना दिंदै हिन्दू सम्पदा महिना घोषणा गर्न थालेका छन्।
अमेरिकामा नेपालीहरुको ठूलो बस्ती रहेको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउण्टीका प्रमुख जोन ए ओल्ज्वस्की र नर्थ क्यारोलिना राज्यका गभर्नर रोय कुपरले छु्ट्टा छुट्टै घोषणा जारी गर्दै हिन्दू सम्पदा महिना घोषणा गरेका छन्। यसअघि अमेरिकाको भर्जिनिया राज्यका गभर्नर एच चर्टमले पनि यस्तो घोषणा गरिसकेका छन्।
बाल्टिमोर काउण्टी कार्यकारी प्रमुख र नर्थ क्यारोलिना राज्यका गभर्नरले मुख्य ५ कारण उल्लेख गर्दै हिन्दू सम्पदा महिना मनाउने घोषणा गरेका छन्।
अमेरिकाका यी राज्य र काउन्टी सरकारहले सन् २०२१ को अक्टोबर महिनालाई हिन्दू सम्पदा महिनाको रुपमा मनाउने घोषणा गरेका हुन् ।


१. विश्वभरको जनसंख्यामा हिन्दू धर्म तेस्रो ठूलो संख्याले मान्ने धर्म भएको, विश्भरका १ अर्व जनसंख्याले हिन्दू धर्म मान्ने र त्यसमध्ये २० लाखभन्दा बढी हिन्दूहरु अमेरिकामा बसोबास गर्ने भएकाले।
२. हिन्दू सम्पदा, संस्कृति, परम्परा र मूल्यहरुले जीवनका धेरै समस्याहरुको अमूल्य समाधान प्रदान गर्दछ र मार्गदर्शनका लागि हिन्दूधर्मको शिक्षामा भरपर्ने लाखौं व्यक्तिहरुका लागि प्रेरणा, चिन्तन र चिन्तनको स्रोतको रुपमा काम गर्ने भएकाले।
३. अमेरिकामा सबैभन्दा द्रुत गतिमा बृद्धि भएको आप्रवासी समुदायमध्येको एक हिन्दू समुदाय भएकाले।
४. पारिवारिक बनौट र शिक्षाप्रतिको लगावका कारण हिन्दूहरु समाजको सबै पक्षमा समाहित भएकाले
५. यो भूमिलाई आफ्नो गृहको रुपमा माया गर्ने हिन्दू समुदायको असंख्य आवाजविना अधुरो रहने भएकोले यो महिनालाई उनीहरुले यो भूमिका लागि विगतमा खेलेको उल्लेखनीय भूमिकाको सम्मान गर्दै हिन्दू सम्पदा महिना घोषणा गरिएको छ।
अक्टोबर महिनामा हिन्दू संस्कृति र सम्पदाका पर्वहरु मनाउने भएकाले सो महिनालाई हिन्दू सम्पदा महिना घोषणा गर्नु परेको प्रसंग पनि अमेरिकी राज्य तथा काउण्टी प्रमुखका घोषणामा उल्लेख गरिएको छ ।







डिसी नेपाल








Facebook Comment