लेबनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली चल्दा ६ जनाको मृत्यु, दजनौं घाइते

डिसी नेपाल
२९ असोज २०७८ ७:४१
240
Shares

बेरुत। लेबनानको राजधानी बेरुतमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनमा गोली चल्दा ४० जना घाइते भएका छन्।

ती न्यायाधीशले गत वर्ष तटीय सहरमा २१९ जनाको मृत्यु हुने गरी भएको विस्फोटबारे भइरहेको अनुसन्धानलाई अगाडि बढाइरहेका छन्। शुक्रबारको प्रदर्शनमा लेबनिज फोर्सेस ९एलएफ० समर्थक क्रिश्चियन बन्दुकधारीले गोली चलाएको हेजबोल्लाह र आमलले आरोप लगाएका छन् । तर, एलएफले सो आरोप अस्वीकार गरेको छ।

अदालत परिसरबाहिर सयौँ हेजबोल्लाह समर्थकले न्यायाधीश तारेक बितारलाई हटाउन माग गर्दै प्रदर्शन गरेका थिए। अनुसन्धानमा राजनीतिक गन्ध मिसिएको उनीहरुको दाबी थियो ।

स्वचालित राइफल सहितका हतियारधारीले प्रदर्शनकारीलाई अन्धाधुन्दा गोली चलाएका थिए । गोलीको आवाज चलेपछि स्थानीय व्यक्ति घरबाट भागेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *