५१० कैदीलाई आममाफी
काठमाडौं। मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ ।
मोरक्कोका राजा मोहम्मद छैटौँले मङ्गलबार उनीहरूलाई आममाफी दिएको घोषणा गरेका हुन् । इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।
मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment