उत्तर कोरियाले गर्‍यो पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार

डिसी नेपाल
३ कार्तिक २०७८ ७:४४
248
Shares

प्योङयाङ। उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ। यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो।

परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको छ। यसअघि सन् २०१६ मा परीक्षण गरिएको उपकरणबाट पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ।

उत्तर कोरियाले पछिल्लो समयमा ऋंख्लाबद्ध रुपमा आणविक परीक्षण गरेको छ । केही साताअघि उसले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्र परीक्षण गरेको पुष्टि गरेको थियो।

मंगलबारको परीक्षणको समयमा उत्तर कोरियाली नेता किम जोङ उन भने अनुपस्थित थिए। उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *