खोप कार्डमा मोदीको तस्विरबिरुद्ध उजुरी, दुई साताभित्र जबाफ दिन सरकारलाई अदालतको आदेश

डिसी नेपाल
३ कार्तिक २०७८ ८:४७
148
Shares

नयाँ दिल्ली । कोभिड खोप लगाएको प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखिएको विरोधमा एक असन्तुट व्यक्तिले केरलाको उच्च अदालतमा उजुरी दिएका छन्। ६२ वर्षीय पिटर नाम गरेका व्यक्तिले खोपमा मोदीको तस्विर टाँस्दा आफ्नो मौलिक अधिकार हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी दिएका हुन्। उनी भारतको प्रमुख विपक्षी कंग्रेसका सदस्यसमेत हुन्।

‘मैले खोप लगाएको प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्विर राखेर नागरिकको निजी मामिलामा हस्तक्षेप भएको छ। प्रधानमन्त्री मोदीलाई यो कार्य तत्काल रोक्न आग्रह गर्छु।’ उजुरीमा पिटरले भनेका छन् । खोपमा उनको नाम प्रयोग गर्नु प्रजातन्त्र र राष्ट्रका लागि अनुचित भएको उनको भनाई छ।

पिटरको उजुरीबारे अध्ययन गर्दै केरला उच्च अदालतले केन्द्र र राज्य सरकारलाई दुई साताभित्र आफ्नो जबाफ दिन आदेश दिएको छ।

खोप लगाउनेको व्यक्तिको विवरणबाहेक भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको खोप कार्डमा मोदीको तस्विर पनि छापिएको छ। अगस्टमा फोटबारे विवाद बढेपछि स्वस्थ्यमन्त्री भारती प्रविन पावरले ‘वृहत सार्वजनिक हित’ का लागि मोदीको तस्विर छापिएको बताएकी थिइन्।

तर, पिटरको आफ्नै तर्क छ । उनी भन्छन्, ‘मोदी हाम्रो पहिलो प्रधानमन्त्री होइनन् न त कोभिडबिरुद्ध खोप लगाउने भारत नै पहिलो देश हो । तसर्थ कार्डमा उनको तस्विर टाँस्न आवश्यक छैन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *