अमेरिकाले रोक्का गरेको अफगान केन्द्रीय बैंकको ९ अर्ब डलर तालिवानलाई नदिने

डिसी नेपाल
३ कार्तिक २०७८ ८:५१
812
Shares

न्युयोर्क । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुुकुवा नगर्ने संकेत देखाएको छ। खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन्।

‘तालिवानबिरुद्ध अमेरिकी प्रतिबन्ध अहिले पनि अपरिहार्य देखिन्छ। तर, अफगानी जनतालाई मानवीय सहयोगको पनि खाँचो छ । त्यसो भन्दैमा अमेरिकाले रोक्का गरेको रकम तत्काल फुकुवा हुँदैन्,’ मन्त्री एडीएमोले भने।

देशबाहिर रहेको अफगानिस्तान केन्द्रीय बैंंकको ९ अर्ब डलरभन्दा बढी रकममा अमेरिकाले लगाएको रोक्का फुकुवा गर्न तालिवानले अमेरिकी सरकारसँग अनुरोध गर्दै आएको छ। देशमा आर्थिक संकट निम्तिएको भन्दै रोक्का गरिएको रकम तत्काल फुकुवा गर्न तालिवानले अनुरोध गरेको हो।

अमेरिकी गठबन्धन सेना २० वर्षपछि काबुलबाट फर्किने निर्णय गरेसँगै तालिवानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेको थियो। अफगानिस्तानमा मानवीय संकट चुलिइरहेका बेला अफगान बैंकको रकम फुकुवा गर्न अमेरिकामाथि अन्तर्राष्ट्रिय समुदायको दबाब बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *