बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन

डिसी नेपाल
४ कार्तिक २०७८ ७:५१
392
Shares

लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ। कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ।

सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ। स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन्।

विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन्।

कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ।

बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ। कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो।

९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ। जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८.९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.