फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पको आफ्नै सामाजिक सञ्जाल (ट्रुथ सोसल)
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल संचालनमा ल्याउने घोषणा गरेका छन्। ट्रम मिडिया एण्ड टेक्नोलोजी ग्रुपद्वारा उनले सामाजिक सञ्जालको प्लेटफर्म बजारमा ल्याउने घोषणा गरेका हुन्।
अमेरिकाको क्यापिटल हिलमा भएकाे आक्रमणपछि ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर फेसबुक र ट्वीटरले ट्रम्पलाई प्रतिबन्ध लगाएका थिए। उनले केही समय आफ्नो ब्लग चलाए पनि उनलाई ब्लगमा पनि ट्रम्पलाई प्रतिबन्ध लगाईयो।
बुधबार ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जालको घोषणा गर्दै ट्रम्पले ट्वीटरमा ठूलो संख्यामा आतंककारी रहेको बताएका छन्। उनले भनेका थिए, ‘ट्वीटरमा तालिवानहरु ठूलो संख्यामा छन्। जहाँ तपाईले रुचाएको राष्ट्रपति (आफै) लाई प्रतिबन्ध लागाइएको छ। यो स्वीकार्य छैन।’
केही महिनामा सिमित प्रयोगकर्ताबाट यसको सुरुवात हुने अन्तराष्ट्रिय संचार माध्यायमले जनाएका छन्।







डिसी नेपाल







Facebook Comment