शाहरूख खानका छाेराकाे सुनुवाइ २६ अक्टोबरमा हुने

डिसी नेपाल
४ कार्तिक २०७८ १२:३७
212
Shares

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ।

गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन्। आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ।

आर्यनको जमानत अपिल दुईपटक खारेज भइसकेको छ। त्यसकारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन्।

आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने भएपछि शाहरुख जेलमै भेट्न पुगेका थिए। कोरोना भाइरसका कारण बाहिरी मान्छेलाई जेलमा प्रतिबन्ध भए पनि परिवार भने जान पाउनेछन्। पछिल्लो समय आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखले आफ्नो जन्मोत्सव नमनाउने भएका छन्।

उनको म्यानेजर पूजाको भनाइअनुसार शाहरुखले फ्यानलाई आफ्नो घर मन्नत अगाडि नउभिनसमेत आग्रह गर्नेछन्। साथै, हरेक वर्ष हुँदै आइरहेको दीपावलीको सेलिब्रेसन पनि यस वर्ष मन्नतमा नहुने भएको छ। शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *