भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो
नयाँदिल्ली । भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ। भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो। यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ। पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ।
सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो। यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment