एकपटक बैंक लुट्न सफल भएपछि उत्साहित डाँकु २४ घण्टामै फेरि त्यही बैंक लुट्न जाँदा…

डिसी नेपाल
५ कार्तिक २०७८ ११:२४

काठमाडौं। एक पटक बैंक लुट्न सफल भएपछि उत्साहित भएका एक डाँकु २४ घण्टाभित्रै फेरि त्यही बैंक लुट्न गए । तर, दोस्रो प्रयासमा उनी पक्राउ परेका छन् । अमेरिकामा एक व्यक्तिलाई लगातार २ दिनसम्म एउटै बैंक लुट्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ ।

३३ वर्षका सामुएल ब्राउन क्यालिफोर्नियाको फाउन्टेन भ्यालीमा बैंकको एक शाखामा सफल डकैती गरेको २४ घण्टामै फेरि अर्को डकैती गर्न त्यही शाखामा पुगेका थिए । दोस्रो डकैतीको क्रममा उनी पक्राउ परेका हुन् ।

पुलिसका अनुसार अघिल्लो सोमबार न्युहोप स्ट्रिट चेजमा एक क्यासियरलाई धम्क्यएर आरोपीले ठूलो मात्रामा नगद लिएर फरार भएका थिए । उनी त्यसको भोलिपल्ट फेरि बैंकको त्यही शाखामा आए र फेरि बैंक लुट्ने प्रयास गरे ।

बिहान करिब सवा ११ बजे पुलिसले आरोपीलाई पक्राउ गरेको हो । उनलाई अहिले ओरेन्ज काउन्टी जेलमा राखिएको छ । उनलाई रिहाइको लागि १ लाख ७० हजार डलर (२ करोड रुपैयाँ) धरौटी तोकिएको छ । यो रकम तिर्न सके उनी जेलबाट छुट्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *