प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने

डिसी नेपाल
५ कार्तिक २०७८ १५:१०
92
Shares

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् ।

प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.