जबर प्रहरीले नै चोरलाई लुटे…

डिसी नेपाल
५ कार्तिक २०७८ १५:४०
112
Shares

उत्तर प्रदेश । सामान्यतया प्रहरीले जनधनको सुरक्षा गर्छ र समाजका अपराधिक गतिविधि रोक्छ । चोरी गरेको बस्तु फेला पारेमा प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन् । तर, उत्तर प्रदेशमा भने एउटा अनौठो घटना भएको छ । प्रहरीले नै चोरलाई नै लुटेका छन् ।

दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन् । रसलपुर प्रहरी स्टेसन क्षेत्रबाट एउटा रिक्साका यात्रुबाट दुई ओटा चोरले एक लाख १० हजार भारु चोरेका थिए । सीसी क्यामरामा कैद भएको दृश्यको आधारमा चोर पक्राउ परेका थिए ।

फिरोजावादका एसएसपी अशोककुमारका अनुसार पक्राउ परेका चोरहरुसँग पैसाबारे सोध्दा उनीहरुले प्रहरीलाई नै दिएको बताएका थिए । अनुसन्धानका क्रममा चार जना प्रहरीले चोरबाट ९६ हजार लिएर उनीहरुलाई सीमा कटाइदिएको खुलासा भएको थियो ।

घटनाका दोषीमाथि थप अनुसन्धान गरिएको एसएसपी अशोककुमारले जानकारी दिए ।

-एजेन्सी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *