जेलमा सजाय काटिरहेका आतंकवादीले जेलभित्रै पुर्जा–पुर्जा जोडेर मेसिनगन बनाए

डिसी नेपाल
५ कार्तिक २०७८ १६:१०
4.8k
Shares

काठमाडौं। बेलायतमा एक आतंकवादीलाई जेलभित्र मेसिनगन जस्तो भारी हतियारको साथमा समातिएको छ । जब यसको वास्तविकताको खुलासा भयो त्यसपछि सबै चकित परेका छन् । जेलका प्रमुख अभिकारीलाई ३३ वर्षका यी खतरनाक आतंकवादी जोन निम्मोले जेलबाट भाग्ने खतरनाक योजना बनाइरहेको हुन सक्ने डर छ ।

यी आतंकवादीले १० वर्ष जेलमा आफ्नो सजायको क्रममा नै जेलको कार्यशालाबाट चोरी गरिएका सामग्रीलाई जोडेर गुप्त रुपले सब मेसिनगन तयार गरेका थिए । यो हतियार तयार गर्न उनले धेरै समय लगाएका थिए । मेसिनगन लगभग तयार भइसकेको थियो र त्यसमा ट्रिगर, ब्यारेलको भाग पनि जडान भइसकेको थियो । आतंकवादीले त्यसलाई लुकाउन कालो रंगले पोतेका थिए ।

आतंकवादी निम्मोले यसलाई फ्र्यांकल्याण्डको डरहम जेलमा आफ्नो ओच्छ्यानमा लुकाएर राखेका थिए । तर, जेलका कर्मचारीले बन्दुकको एउटा छेछ बाहिर निस्किएको देखे त्यसपछि जेलमा सुरक्षा अलर्ट सक्रिय गरियो । पुलिसले अब त्यो हतियारको जाँच गरिरहेको छ । यो घटनाका विषयमा सूत्रले डेलीमेलसँग भन्यो ‘निम्मोले मेसिनगन तयार गर्ने काममा धेरै हदसम्म सफलता हासिल गरेका थिए । उनीसँग हतियार तयार गर्ने स्पष्ट रुपमा प्रतिभा छ ।’

सूत्रका अनुसार अब सबैभन्दा ठूलो चिन्ताको विषय उनले त्यो हतियारको प्रयोग कहाँ गर्ने योजना बनाइरहेका थिए भन्ने हो । एक अधिकारीका अनुसार विगतमा आतंकवादी र अपराधीले जेलबाट भाग्न नक्कली बन्दुकको प्रयोग गरिसकेका छन् । आतंकवादी निम्मेलाई मे महिनामा आतंकवादी घटनामा दोषी पाइएपछि १० वर्ष २ महिनाको लागि जेल पठाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *